आमा र भिनाजु भेट्न आएको भोलि पल्ट मकैबारीमा श,व फेला, त्यो दिन आमाले यस्तो सम्म भनेको गोप्य खुलासा (भिडियो सहित)

मोरंग। गत आइतबार मृत अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ ।महिलाको शरिरमा चोटपटक लागेको प्रहरीले बलत्कारपछि हत्या गरेको आशंका गरेको छ । घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृतक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मका संचालकले बताएका छन् ।