५ औ युएनए सम्मेलनको भब्य तयारी

विजय थापा । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न कार्यकारी समिति र आयोजक समिति भव्य तयारीमा जुटेका छन् । तर खेलकुद प्रतियोगिता बाहेक अन्य कार्यक्रमहरु भर्चुअल(परोक्ष)रुपमा जुम माध्यमबाट हुनेछ ।

युएनए सम्मेलन गैर आवासीय नेपाली संघ अमेरिकाको चुनाव परेकोले त्यसलाई मध्ये नजर गर्दै मे २२ -२३ दुई दिन गर्ने निर्णय गरिएको हो ।

तर खेलकुद भने भौतिक रुपमा भर्जिनियामा हुने भएको छ । युएनएले सदैव सम्मेलन मेमोरियल डे (स्मारक दिवस ) को सप्ताहको सेरोफेरोमा गर्दै आएता पनि गत बर्ष २०२० मा कोरोना महामारीको कारण सम्मेलन रद्ध गरेको थियो ।

चन्द्र लामा सम्मेलनका संयोजक हुन् भने खेलकुदमा भकुण्डो(सकर),बास्केटबल, भलिवल र लन टेनिस प्रतियोगिताको आयोजना गरिने छ । उक्त खेलकुदको लागि आगामी मे २० सम्म दर्ता गर्नु पर्ने छ ।

खेलकुदको लागि एक कुनै खेल टोलीले ४ सय डलर दर्ता शुल्क तिर्नु पर्ने छ भने प्रथम पुरस्कार कूल ४ हजार डलर र उप बिजेतालाई २ हजार डलर नगद र पुरस्कार प्रदान गरिने छ ।

४ वटा खेलहरु मे २२ र मे २३ का दिन खेलाइने छ भने खेल समय तालिका मे २२ का दिन दिउसो १ बजे सावर्जनिक गरिने छ ।

यस पटकको ५ औ युएनए सम्मेलनमा बाल प्रतिभा प्रतियोगिता,वादविवाद/वक्तृत्वकला ,भेषभुषा प्रदर्शन ,नृत्य तथा गायन प्रतियोगिता ,बिभिन्न मंचका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने छ ।