अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली बिद्यार्थी अजय शाहको शव फेला

विजय थापा । न्यू जर्सीबाट हराई रहेका नेपाली बिधार्थी अजय शाहको शव फेला परेको छ । गत जनवरी महिना देखि न्यू जर्सीबाट न्यू योर्कको लागि हिडे भनेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको निश्चित गरेको छ । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए । शाह विगत साढे २ बर्ष देखि ड्रु विश्वबिद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनि भाईको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए ।

नेपाल घर सिरहा भएका २२ बर्षिय शाहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनि न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा गरेका छन । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका चित्रग्राहिणी(क्यामरा)पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ चित्रग्राहिणी(क्यामरा)भिरेको देखिएको थियो भनेका छन् ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेल सम्म उनि बेपत्ता हुनु रहस्यमय रहेको थियो । अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका थिए ।

गत अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्ति बारे इकाईलाई सूचित गरेको थियो । बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क-पेन स्टेसनमा राती ११:३७ मिनेट, जनवरी १९,२०२१ को दिन सम्म देखिएको थियो । अझ पनि शव परिवारलाई हस्तान्तरण गरिएको छैन ।
click here to watch source link