भिटेनले यसरि मनाए जन्मदिन, साकारलाइ यस्तो भने हेर्नुहोस

काठमाडौँ | समीर रौतहटमा जन्मिएका हुन् । त्यहाँ उनका एक गरिब र टुहुरो मित्र थिए । हितैषी । औधी मिल्ने । त्यही साथीले समीरलाई सम्बोधन गर्ने नाम थियो, भिटेन । तर, यसरी आफ्नो न्वारान गरेर फरक नाम दिएको उनलाई चित्त बुझेको थिएन । ‘भिटेन’ भनेर बोलाएको उनलाई अलिकती पनि मन पर्दैनथ्यो ।तर, समयक्रममा ती साथी हराए । कहाँ गए कहाँ ? अत्तोपत्तो भएन । यता समीर चाहिँ र्‍याप गीत गाउन थाले । उनलाई साथीको यादले भने पछ्याइरह्यो । अन्ततः उनले तिनै साथीको समर्पणमा आफ्नो सार्वजनिक नाम राखे, भिटेन ।

भिटेनले थाहा पाएसम्म उनका ती साथी ‘खलासी’ भएका छन् । ‘भिटेन..भिटेन’ भनेर बोलाउने तिनै खलासी साथीको नाममा उनले र्‍याप गीत गाए, खलासी । हेर्नुस –