यसकारण नितेशले छाडे सांगीतिक क्षेत्र, अबको नया प्लान यस्तो, युटुब च्यानेल के गर्छन ? हेर्नुस

काठमाडौँ | केहि समय अगाडी आफ्नो अफिसियल फेसबुकबाट नेपाली सांगीतिक क्षेत्र छाडेको घोषणा गरेका नितेशले भर्खर मिडियामा आएर कारण खुलाएका छन् | युवा पुस्तामाझ लोकप्रिय रहेका गायक नितेशजंग कुँवरले केही दिनअघि फेसबुक स्टाटसमार्फत आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका थिए । तर, के कारणले सांगीतिक क्षेत्र छाड्नु परेको भन्ने बिषयमा उनले केही पनि बताएका थिएनन् । उनको सो अभिब्यक्तिसँगै उनका फ्यानहरुले आफ्नै तरिकाले अड्कालबाजी काटेका थिए ।

तर, नितेशजंगले भने ‘एउटा ठाउँसम्म पुगेको र अब अझ धेरै केही गर्नु छ’ भनेर नेपाली सांगीतिक यात्रा छाड्नुपरेको बताएका छन् । उनले फेसबुकमा लाइभ आएर मलाई धेरैले सपोर्ट गरे तर म अब केहि नया र नेपाललाई अन्तराष्ट्रिय स्तरमा पुराउने खालको केहि गर्न चाहन्छु भनेका छन् | हेरौ –