निषेधाज्ञामा यस्तो जाम देख्दा ट्राफिक नै चकित, प्रहरीलाई समेत हैरान पारे (भिडियोसहित)

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

काठमाडौं, २१ बैशाख । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

२ दिन अगाडी मात्र मन्त्रिपरिषदको बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशाशनलाई निर्देशन दिएको थियो । यसको साथै आजको बैठकले बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ । बेलुका पसल खोल्न नपाईने भएको छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोली राति १२ बजे सकिदैछ ।

भिडियो हेर्नुहोस् :