चर्चित गायक प्रविन बेडवाल र गायिका निरकर निर्मला के.सी को नयाँ गीत “नहासी नबोली” बजारमा

काठमाडौँ – गायिका निरकर निर्मला के.सी को नयाँ गीत “नहासी नबोली” बजारमा आएको छ । गायिका निरकर निर्मला के.सी र चर्चित गायक प्रविन बेडवालको स्वरमा रहेको उक्त गीत अहिले सांगीतिक बजारमा आएको छ गीत निकै मार्मिक बनेको छ भने भिडियो पनि उतिकै सुन्दर बनेको छ ।

गीतमा सरिक के.सी र निशान्त के.सीको दमदार अभिनय रहेको छ । सुरज के.सीको लय/शब्द रहेको गीतमा एरेन्ज बिष्णु तामाङ्ग र मिक्सीङ्ग कुमार रानाले गरेका छन् । गीतको भिडीयो निर्देशन कपिल लामाले गरेका हुन् भने सम्पादन नबिन घर्ती मगर गरेका हुन् ।भिडियो छायांकन भने सुधिर बास्कोटाले गरेका छन् । “नहासी नबोली” गीत यो समयमा सबैको रोजाई बन्ने देखिन्छ। उक्त गीत सुरज के.सी अफिसियल यूटुब च्यानल बाट बजारमा आएको छ । एक पटक सबैले यो भिडियो हेरेर प्रतिकृया दिनु होला, हेर्नुस भिडियो :-

यो पनि पढ्नुहोस् मिर्गौलालाई असर गर्ने ९ बानी आजै सुधार गरौँ

मिर्गौला हाम्रो शरीरको महत्वपुर्ण अंग हो । यसले रगतलाई छान्ने गर्दछ । तर कतिपय अवस्थामा तपाई हामी जान अन्जानमा यसलाई असर पारीरहेका हुन्छौ । हाम्रो दैनिक जीवनशैली र खानपानले पनि मिर्गौलालाई असर पुर्याइरहेको हुन्छ । तर मानिसहरु स्वास्थ्यको चासो अभाव र लापरबाहिले मिर्गौलामा असर पुर्याइरहेका हुन्छन् । तसर्थ मिर्गौलाका बारेमा यी कुरा जान्न आवश्यक हुन्छ ।

१.चिसोको समस्या भइरहने मानिसमा पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्न सक्छ । यसले मिर्गौलामा व्याक्टेरिया उत्पन्न गर्छ । २. खानामा अत्यधिक नून खाँदा वा धेरै नूनिलो खानेकुराको सेवनले पनि मिर्गौला खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर मिर्गौलामा पर्दछ ।

३.पिसाब लाग्दा लामो समय रोक्दा पिसाब थैली भरिन्छ । पिसाब भरिएर मिर्गौलासम्म पुग्छ र पिसाबमा हुने व्याक्टेरियाले यसलाई हानी पार्दछ । ४.पानी कम वा ज्यादा पिउनु राम्रो हुदैँन । शरीरलाई दैनिक ८ देखि १० गिलास पानी चाहिन्छ । यो भन्दा थोरै पिउदा शरीरमा जम्मा भएको विकारले मिर्गौलाको नियमित कार्यलाई असर गर्छ भने ज्यादा पिउदा पनि असर गर्छ ।

५.चुरोट खानेहरुमा शरीरमा विष जम्मा हुन्छ जसले मिर्गौलालाई क्षती गर्ने सम्भावना हुन्छ । साथै धुमपानले प्रेसर बढाउँछ । ६.धेरै कोल्ड ड्रिक्स वा चिसो पेय पिउनेलाई पनि मिर्गौला ड्यामेजको सम्भावना हुन्छ । चिसो पेय पदार्थमा हुने अर्थोफोस्फोरस एसिडले यसलाई गम्भीर हानी गर्छ ।

७.सामान्य मानिसको तुलनामा बढि मात्रामा खाना खाने मानिसमा पनि मिर्गौलाको समस्या हुनसक्छ । साथै बढी खाँदा तौल बढ्छ र तौल बढ्दा मिर्गौलासंग सम्बन्धित समस्या हुन्छ । ८.मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले मिर्गौलामा मेटाबोलिक भार बढाउँछ र स्टोनका समस्या ल्याउँछ । ९.दैनिक ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले मिर्गौलामा समस्या निम्त्याउँछ ।