कोरोना भाईरसबाट पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु, थप ७,४४८ जना संक्रमण पुष्टि

काठमाडौं । मुलुकमा कोरोनाबाट बितेको २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो पछिल्लो २४ घण्टाको अपडेट दिएअनुसार योसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ३ सय ६२ पुगेको छ । यसैगरी सोही २४ घण्टामा मुलुकभर गरी ७४४८ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण फेला परेको हो । सोही अवधिमा जम्मा २०२१ जना कोरोनाका बिरामी निको भएका छन् । हाल देशभरमा सक्रिय संक्रमित ५४ हाजर ४१ रहेका छन् । २१२ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।