फिल्म लभ स्टेशनका कोरियोग्राफर शिशिरको नयाँ गीतको चौतर्फी चर्चा, मनिष र आरजुले गरे कमालको अभिनय

काठमाडौँ । गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियोमा मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको अभिनय रहेको छ । भिडियोमा आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्यहरुलाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

करिब ५ दर्जन म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक खातीले भिडियोबाट धेरै आशा गरेको बताए । उनले फिल्म लभ स्टेशनका सबै गीतमा कोरियोग्राफी गरिसकेका छन् भने आर्यन सिग्देलको चचहुई, साम्रात्री राज्यलक्ष्मी शाहको तिमी सँगको पनि कोरियोग्रफी गरिसकेका छन् ।

फिल्ममा कोरियोग्राफीका अलावा म्यूजिक भिडियोमा पनि निर्देशन र कोरियोग्राफीलाई एकसाथ अगाडी बढाइरहेका निर्देशक खाती पछिल्लो समयका ब्यस्त म्यूजिक भिडियो निर्देशक पनि हुन् । शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो