गायक थानेश्वर गौत्तमको स्वरमा ‘देशको लागी ‘ सार्वजनिक

काठमाण्डौं ।
गायक थानेश्वर गौत्तमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागी ‘गीतको भिडियो सार्वजनिक भएको छ । आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ती छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ ।

नेपाली मातृभुमीलाई एकताबद्ध गर्ने गीत रहेको छ ।तेशान्त को शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गीतमा रहेको छ । देशमा विकाश र समृद्धिको लागी मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मक रुपमा देश प्रेम समेटिएको छ ।

दुर्लभ श्रेष्ठको छायाँकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन गीतमा छ । ‘देशको लागी ‘ गीतको भिडियोमा किशोर भण्डारी , कृष्ण भक्त महर्जन , रेश्मा तिम्सिना , लिला केसी , सुन्दर लामिछाने र निरुता उप्रेतिको अभिनय रहेको छ ।

‘देशको लागी ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।