गोर्खा समाज अस्ट्रेलियाको नयाँ कार्य समिति

सिड्नी । गोर्खा जिल्ला जन्मघर भएका सिड्नीबासी गोर्खालीहरुलाई एकजुट बनाई गोर्खा जिल्लाको सामाजिक एबम् स्वास्थ्य लगायतका कल्याणकारी कार्य गर्दै आएको गोर्खा समाज अस्ट्रेलियाको अप्रिल २४ तारिख शनिबार सिड्नीमा सम्पन्न भएको चौथो साधारण सभाले प्रकाश बास्ताकोटीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा योगेन्द्र जोशी, सचिबमा रितु श्रेष्ठ, कोषाध्यक्षमा राजु पोखरेल र सह कोषाध्यक्षमा कृष्ण भट्टलाई चयन गरेको छ । त्यस्तै कार्यसमितिको सदस्यहरुमा ईश्वर दाहाल, राधा ढकाल, हरि मल्ल, सन्तोष तिवारी, रमिला पोखेरेल, दिनेश श्रेष्ठ, रन्जन देवकोटा, रन्जित बन्त, प्रेम खड्का, सन्जीव खत्री र गणेश भट्ट, रहेका छन् । सस्थाको प्रबक्तामा रन्जित वन्तलाई चयन गरेको छ ।

निबर्तमान अध्यक्ष त्रिलोचन पोखरेलको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन न्यू साउथ वेल्सका लागि अवैतनिक महाबाणिज्यदूत दीपक खड्काले गरेका थिए ।

निर्वाचनका लागी संस्थाका सल्लाहकारद्वय डिल्ली ढकाल र उमेश पन्त रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, सिड्नी साउथ वेष्ट नेपाली समाजका अध्यक्ष देबेन्द्र सापकोटा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार एबं गोर्खा समाज अस्ट्रेलियाका सल्लाहकार रामकुमार श्रेष्ठले कार्यक्रममा उपस्थित हुन नपाउने भएकोले नेपाली संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने अभिप्रायले अस्ट्रेलियामा पहिलो पटक गाइजात्रा कार्यक्रम आयोजना गर्ने, नेपालमा एम्बुलेन्स प्रदान गर्ने लगायतका थुप्रै सामाजिक काम गर्दै आएको गोरखा समाज अष्ट्रेलियाको साधारण सभाको सफलताको शुभकामना पठाउनु भएको थियो भने नयाँँ कार्य समितिलाई आफ्नो कार्यकालमा उल्लेख्य उपलब्धी हासिल गर्न सफल होस भनी शुभकामना ब्यक्त गरेका छन ।

नेपाली नयाँ बर्ष २०७८ को अवसर पारेर गरिएको सो साधारण सभामा शुभकामना साझको समेत आयोजना गरिएको थियो ।