एउटै रुखमा पासो लगाएर पोखरामा एक जोडीले गरे आ-त्मह-त्या, सिसिटिभी फुटेजमा देखियो यस्तो (स्थलगत रिपोर्ट)

पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जनाको मृ-त शरिर फेला परेको छ । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा एक युवा र एक युवतीको मृत शरिर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए । उनिहरु बुलौदी नजिकैको जंगलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मात्र फेला परेका हुन् ।
पोखराको एक होटलमा आफ्नो नाम किरण भट्टराई र ठेगाना सुनसरी उल्लेख गरेका ति युवा सोमबार राति साढे नौ बजेतिर युवति संगै होटलबाट बाहिरिएका सिसि टिभी फुटेजमा देखिन्छ । उनि उक्त होटलमा विगत तिनदिन देखी बसिरहेका थिए । उनिसंगै रहेकि ति युवतिलाई भट्टराईले पारिवारि सम्बन्धले चिनाएका छन् । हेर्नुहोस् स्थलगत रिपोर्ट