यो जीवन चौरासी लाख योनि पार गरि प्राप्त भएको शरीरको एक रुप हो ! (भिडियो सहित)

समाजसेवी जानकी पन्त लेख्नु हुन्छ :
यो जीवन चौरासी लाख योनि पार गरि प्राप्त भएको शरीरको एक रुप हो, आकार हो। जीबन एक सनातन धर्म अनि भगवान प्रतिको आश्था, मानवीय सद्गुण, सद्भावको समिश्रण, प्रकृति, संस्कार, सँस्कृतिको जोड हो। त्यसैले न त् यहाँ कोहि ठूलो छ न कोहि सानो नै छ। जात, वर्ग को कुरा मिथ्या हो यो सब लुट्नलाई बनाएको गोरेटो मात्र हो। बुझ्नु यति जरुरि छ कि मबिना या उ बिना हामी कहिल्यै बन्न सक्दैनौ अनि हामी बिना संसार बन्न सक्दैन। यो सृष्टिको नियम हो। यो सृष्टिमा हामी सबैको उत्तिकै अस्थित्व छ, उत्तिकै महत्व छ। यहाँ कोहि ठुलो सानो छैन छ त् त्यो सब आफ्नो स्वार्थको लागि मान्छेले बनाएको भेदभाव हो।

यो सृष्टि नियमलाई नियाल्न मानव जीवनमा दुई दृष्टि छन्, दुइ आँखा छन्। त्यस्तै हेर्द एउटै देखिने नाकमा पनि दुई प्वाल छन्। दुईको अर्थ धेरै भन्नुको सार हो । जीवनलाई सहि र मुल्यांकनयुक्त निष्कर्षमा पुर्‍याउन अवलोकन धेरै गर्नु पर्छ। धेरै कुरा सहि सुघेर मात्र अगाडि आफ्नो विचार विमर्श संरचनाले गर्नु पर्छ । अनेक दिशाबाट कुरा सुन्नु अनि छानीछानी बुझ्नु भन्नलाई हो!

चौरासी लाख योनि पार गरेर पाएको जुनी यो जीबन जुन १८ ग्राम तौल भएको आत्मायुक्त शरीरमा दुई कान, दुइ आँखा, दुइ नाकका प्वाल, दुइ हात, दुइ खुट्टा जडान गरिएको छ जस्को बुझाई र विश्लेषणलाई सम्प्रेषण गर्ने हो। दुइ कान, दुइ आँखा, दुइ नाकका प्वाल हुनुको कारण पनि धेरै हेर, धेरै सुघ र सुन भनेको हो । जान्न सक्यो भने यो सृष्टिमा खराब कम र सुन्दरता धेरै छन्!त्यसैले त्यसको जानकार भई वा आफु सक्षम, सफल बनी एक सुखी जीवन यापन गर्न सकिन्छ! हुन त दुईले हुने काम एकले पनि हुन्छ सक्छ तर एकले कम हुन्छ, कम देख्छ, कम सुन्छ भन्ने चाही होईन् । त्यस्तै हाम्रा हातखुट्टा पनि दुईदुई छन् भन्नुको सार पनि काम र कर्तव्यको व्याख्या सार्थक मुल्यवान बनाउन सकुन् भन्ने उदेश्यले हो।

मान्छेले यहाँ आफ्नो भाषा, बोली, बर्ग ,धर्म र भगवान् अनेक बनाएका छन् जसबाट आपसमा अशुद्ध, अपवित्र, अराजक, अवस्थित माहोल सिर्जना गर्छन। संसारमा धेरै भाषा र ज्ञान छन् त्यसको गलत व्याख्या र विश्लेषण गरेर नरसंहार हुने या अरुलाई ठेस लाग्ने घटना हरु घटित भई रहेका छन्! दिमागको सार बयान गर्नुपर्दा सृष्टिको लागि दिनसक्ने उर्जा सोच अनेक मध्ये एक त्यही दिमाग हो जसबाट जीवनले ज्ञान सिक्छ र अरुलाई सिकाउँछ। हुन त मुटु एक हुनुको भाव जीवन जति नै चन्चलमय भएपनि त्यो कोमल छ त्यस्मा प्रेमको कमल फुल्छ। प्रेम एउटै हुनुपर्छ माया जस्तै, स्नेह जस्तै सत्कार जस्तै हुनुपर्छ। जीवनले हामीमाथि वर्षाएको ज्ञान यति नै हो। जीवन ज्ञानकै लागि हो। एक आपसमा सम्मान, सत्कार एवम् सहयोगी भई सँगसँगै प्रेमकै लागि जीवन जिउनु हो। यहाँ प्रेम छ भने शान्ति सुख छ, सम्मुन्नति छ।
To be continude… #janakipantjoon