यी हुन् सबैभन्दा धेरै पारिश्रमिक लिने नेपाली ५ नायिका (हेर्नुहोस् भिडियाे)

पछिलो समय नै चर्चामा आएकी नायिका हुन् – प्रियंका कार्की । उनले अभिनय गरेका चलचित्र ‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ‘ह्याप्पी डेज’, ‘कोहलपुर एक्सप्रेस’, ‘कथा काठमाण्डु’, ‘चंगाचेट’ लगायतका चलचित्र सुपर हिट भएका छन् । स्रोतकाअनुसार उनले प्रति फिल्म ९- १० लाख पारिश्रमिक लिइरहेकी छन् ।

. नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठले अभिनय गरेका नेपाली चलचित्र ‘सानो संसार’, ‘प्रसाद’ लगायत एक पछि अर्को चलचित्र सुपर हिट भएका छन् । उनले चलचित्र ‘प्रसाद’मा १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

. स्वस्तिमा खड्का
पछिल्लो समय म्युजिक भिडियोबाट चर्चामा आएकी नायिका स्वस्तिमा खड्का । उनका गीत एक पछि अर्को सुपर हिट भएका छन् । उनीले अभिनय गरेका चलचित्रमा ‘छक्क पन्जा २’, ‘नाई नभन्नु ल ५, ‘जय भोले’, ‘बुलबुल’ लगायतका चलचित्र सुपरहिट भएका छन् । स्रोतका अनुसार उनले १०- १२ लाख पारिश्रमिक लिन थालेकी छिन् ।

.सम्रागी राज्यलक्ष्मी शाह
चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – सम्रागी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायर’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन् । सम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५-१६ लाख पारिश्रमिक लिएकी छिन् ।

.पुजा शर्मा
नायिका पुजा शर्माले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन् । यस चलचित्रको सफलता पछि उनका चलचित्र ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन् । पुजाले चलचित्र ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रमिक लिएर नेपाली चलचित्रको मुहार फेरेकी छिन् ।
हेर्नुहोस् भिडियो