भाइरल सचिन परियारले बिबाद पछि झन् आफ्नै बुबा संग खेले अर्को भिडियो(हेर्नुहोस)

काठमाडौं । निर्देशक तथा कोरियोग्राफरका रुपमा परिचित प्रकाश भट्टले लेखेको गीत ‘फूलमाया’मा किन यति धेरै कलाकार राखियो ? सबैले यसलाई एउटा अवसरका रुपमा लिएर काम गरेका पनि होलान् । खेम सेन्चुरीको संगीत सिर्जना रहेको यस गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । खेम सेन्चुरी र सुमन थापा मगरको स्वर रहेको यस गीत साइभिजन प्रालिले बजारमा ल्याएको हो ।

प्रकाश भट्टको निर्देशन एवं कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेती र रवि न्यौपानेले छायाँकन गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको यो भिडियोमा व्यवस्थापनको जिम्मा भने गौरव भट्टले सम्हालेका छन् । सहकोरियोग्राफीको जिम्मा भने शेर साउद, सन्जीव खनाल, पुष्पा बर्मा, सुजिता श्रेष्ठले लिएका छन् । यस गीतको निर्माता भने सुरेश जोशी रहेका छन् ।

यस गीतको म्यूजिक भिडियोमा भने मोडलहरु विनोद श्रेष्ठ, सम्झना बुढाथोकी, रन्जिता गुरुङ, महेन्द्र गौतम, बाबुराम बोहरा, चक्र बम, ओबी रायमाझी, शिशिर पौडेल निक शर्मा, विनोद भण्डारी, काजिश श्रेष्ठ, विजय पुन, अनिश दुवाडी, प्रमिला तामाङ, जानुका तामाङ, रिना थापा मगर, रुबिना भण्डारी, कविता बानियाँ, सचिन परियार, रविना बसेल, तेजेन्द्र परियार, नारायण थापा, शरद एलजी, कुशल बेलबासे, तेजेश रेग्मी, निर आले मगर, लोमश शर्मा, प्रविन भट्ट, शम्भू कुँवर, सन्जु न्यौपाने, राजेश घिमिरे लगायतका जम्बो टोली देख्न सकिन्छ ।