भोलिदेखि नै स्कुल बन्द गरौँ

डाक्टर रबिन्द्र समिर,

अहिले फैलिएको कोरोना महामारी पहिलेभन्दा धेरै जटिल छ | कोरोना भाइरसको नयाँ प्रजातिले दैनिक सयौं बालबालिका संक्रमित भइरहेका छन् | दिनमा हजारभन्दा धेरै व्यक्तिहरु संक्रमित भइरहेका छन् | यस्तो विषम परिस्थितिमा बिद्यालय बन्द नगर्नु निम्न कोटीको ब्यापार हो |
सम्बन्धित निकाय समेत निम्न कोटीको ब्यापारको दवाव वा प्रभावमा पर्नु ठूलो बिडम्बना हो | बालबालिकाको जीवनरक्षा गर्न तथा बालबालिका मार्फत घरघरमा संक्रमण फैलाउने क्रम बन्द गर्नको लागि भोलिदेखि नै जोखिम जिल्लाका बिद्यालय अनलाइन प्रणालीमा लैजानु अपरिहार्य छ |
आदरणीय अभिभावकले आफ्ना बालबालिकालाई भोलिदेखि नै घरभित्र राखेर सुरक्षित गर्नुहुन बिनम्र अनुरोध गर्दछु |

स्वास्थ्यको सगरमाथाबाट हेर्दा अन्य टाकुरा धेरै तल छन् | स्वस्थ शरीरले नै ती टाकुरालाई सगरमाथा बनाउने हो |