अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न

शिनिबर, अप्रिल १७, २०२१, म्याडिसन, विस्कनसिन, अमेरिका
आउँदो गैर आवासिय नेपाली संस्था अमेरिका (एनआरएनए) को २०२१-२०२३ कार्यकालको चुनाबको सिलसिलामा अमेरिकाको विस्कनसिन राज्यको राजधानी म्याडिसन शहरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिशेष अतिथीको रुपमा हाल संस्थाका बरिष्ठ उपाध्यक्ष र अध्यक्षका उमेद्वार अर्जुन बन्जाडे, महासचिबका उमेद्वार न्रिपेंद्र धिताल, कोषाध्यक्षका उमेद्वार सत्यन्द्र साह, आइसीसी सदस्यका उमेद्वार सत्य चौधरी, बोर्ड अफ डाइरेक्टरका उमेद्वार बिष्णु अधिकारी र विस्कन्सिन च्याप्टरका भाइस प्रेसिडेन्टका उमेद्वार गगन (शिव) गुरुङ्गले आफ्नो परिचय र मन्तब्य राख्नु भएको थियो। विस्कनसिन निवासी रबिन्द्र उप्रेतीले एनआरएन एनसीसीको सहकोषाध्यक्षमा उमेद्वारीको घोषणा गर्नुभएको थियो । कार्यक्रममा विस्कनसिन लगायत इलिनोइ, आयोवा, मिचिगन राज्यका नेपालीवासीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व म्यडिसनको लोकल संस्था नेपाली अमेरीकी मैत्री संघका संस्थापक अध्यक्ष कृष्ण सिजापतीले गर्नुभएको थियो। त्यसैगरी म्याडिसन समुदायमा निरन्तर सामाजिक सेवामा लाग्ने राधा सिजापति, पूर्ण श्रेष्ठ, दिनार श्रेष्ठ, धन मल्ल, राजेन्द्र आर्याल, अर्चना द्वा, कल्पना रिजाल, अन्जु क्षेत्री अनि नेपालबाट अतिथी आउनु भएका हाइड्रोपावर स्पेसलिस्ट आइ पी तिवारी मंचमा आसिन हुनुहुन्थ्यो ।
म्याडिसनको संस्था नेपाली अमेरिकी मैत्री संघका पूर्व अध्यक्ष तथा उपन्यासकार सन्तोष लामिछानेले स्वागत मन्तब्यमा बोल्दा सबैको स्वागत गर्दै सेवाको लागि अघि बढ्ने सक्षम र योग्य उमेद्वारलाइ भोट दिनु पर्ने बताउनु भयो । आफ्नै राज्य विस्कनसिन राज्यबाट दुइजना अधक्ष्यका उमेद्वार हुँदा हुँदै पनि सबै उमेद्वारका कुरा सुनेर जसले नेपाली समुदाय जोड्न सक्छ त्यस्तो उमेद्वारलाई सघाउने मनोशाय गर्नुभयो ।

कार्यक्रममा अध्यक्षका प्रत्याशी अर्जुन बन्जाडेले आफू अनुभब र संस्थाको बरिष्ठ उपाध्यक्षको नाताले आफ्नो दावी प्रस्तुत गर्नुभयो र आफूले बोलीमा मात्र नभएर अहिलेसम्म धेरै सामाजिक काम गरेको फेरिहस्त सुनाउनुभयो र दर्शकदिर्घाका प्रश्नको उत्तर पनि दिनुभयो । साथै ओरेगनदेखि आएका निर्पेंद्र धितालले एनआरएन एनसिसी महासचिबमा, न्यु योर्कदेखि आएका सत्यन्द्र शाहले कोषाध्यक्षमा, विस्कनसिनका रबिन्द्र उप्रेतीले सहकोषाध्यक्षमा, बिष्णु अधिकारीले बोर्ड अफ डिरेक्टरमा, इलिनोइदेखि आएका सत्य चौधरीले आइसीसी सदस्यमा आआफ्नो उमेद्वारी, अनुभव र दावी प्रस्तुत गर्नुभयो । विस्कनसिन च्याप्टरका उपाधक्ष्यका उमेद्वार गगन (शिव) गुरुङ्गले पनि आफू इमान्दारी,कर्म र पारदर्शीतामा विश्वास गर्ने भएकाले सबै विस्कनसिनवासीलाई आफूलाई मतदान गर्न आव्हान गर्नुभयो ।विस्कान्सिनको मिल्वाकीबाट आउनुभएका लक्ष्मण खड्काले म्याडिसन कबि नगरी भएकोले अर्जुन बन्जाडेलाई कवितामार्फत शुभकामन दिनुभएको थियो ।

कार्यक्रममा म्यडिसन समुदायका अभिवावक स्वरुप मन्चमा आसिन सबैले सबै उमेद्वारलाई शुभकामना दिनुभएको थियो । म्यडिसनका बुद्धिजीवीहरू एक क्षेत्री, नरेन्द्र थापा, बेङ्कटेश शर्मा
संदेश पराजुली, प्रिती तिवारी, निरज श्रेष्ठ, यसपाल सुबेदी, लेख काफ्ले, पर्वत रेग्मी, जीवन सापकोटा लगायत सम्पूर्ण म्यडिसन नेपाली भलिबल टिमका सदस्यहरू र अन्य म्यडिसन र मिल्वाकी निवासीको कार्यक्रममा उपस्थिती रहेको थियो । रमणीय रेनेंबोहम पार्कमा आयोजित कार्यक्रमको अन्त्यमा खाजा खादै रमाइलो गफगाफ गरिएको थियो भने केटाकेटीहरू पार्कको प्ले एरियामा मस्तीमा रमेका देखिन्थे । कार्यक्रमको संचालन मृदुभाषी साहित्यकार आविस्कार भारतीली गर्नुभएको थियो ।

कार्यक्रम युएसखबर अनलाइनबाट फेसबुक लाइभ पनि गरिएको थियो।