‘मुसुमुसु हास’ सार्वजनिक पुस्कल र कलाको हेरी हल्नुहोस भिडियो

स्कटनेपाल :
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक पुस्कल शर्मा र गायिका कला लम्सालको स्वरमार रहेको नयाँ गीत “मुसु मुसु हास” सार्वजनिक गरिएको छ । गितमा शिव हमालको शब्द छ भने संगित, एरेन्ज, मास्टरिङ्ग एचवियन किस्मत को रहेको छ ।

वन डिवि स्टुडियोमा मा रेकर्डिङ गरिएको उक्त गीतको स्वाद केहि फरक पाउन सकिन्छ । बिशेष गरी गायक पुस्कलले यसअघि गाउने गीत भन्दा केहि फरक पाउन सकिन्छ । गीतको भिडियोमा पनि गायक गायिकाले नै अभिनय गरेका छन् । भिडियो क्रान्ति केसीले निर्देशन गरेका हुन् । भिडियोमा छायांकन अजय रेग्मीको छ ।