इ. गायक वीरेन्दे र गायिका सुशिलाको डान्सिङ गीत ‘काठमाण्डौमा घर’ सार्वजनिक

काठमाण्डौँ
नयाँ वर्षको पावन अवसर पारेर इन्जिनियर गायक वीरेन्दे श्रेष्ठ र गायिका सुशिला पाठकको ‘काठमाण्डौमा घर’ बोल रहेको डान्सिङ गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण भारद्वाज र नेत्र काफ्लेको शब्द तथा संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेजा हुन भने मिक्सिङ मास्टरिङ्ग किशोर थापाको रहेको छ ।

भिडियोमा निर्मल न्यौपाने, सुकृया राई, सुबोध रसाईली, अन्जली माझी, निसा राई र डान्सर निरजको जोडदार अभिनय र नृत्य रहेको छ ।

काठमाण्डौको मनमोहक दृश्य कैद गरिएको भिडियोमा साहस लिम्बुको छांयाकन तथा सम्पादन रहेको छ भने सह-छांयाकन रोहित लाम्गाडेको रहेको छ ।
भिडियोमा सुबोश रसाईलीको निर्देशन र कोरियोग्राफी रहेको छ ।

भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

ईन्जिनियर गायक वीरेन्द्र श्रेष्ठ र सुशिला पाठक र टिमले दर्शक श्रोतालाई यस गीत र भिडियोलाई पहिलेको गीत र भिडियो जस्तै माया गरिदिन आग्रह गरेका छन ।