२ महिना यताकै महँगोमा कारोबार हुँदै आज सुनको मूल्य

काठमाडौँ – २०७८ सालको तेस्रो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले बढेको हो । आज छापावाला सुनको मूल्य ९ हजार ५ सय कायम भएको छ। यस अगाडी बिहिबार(हिजो) छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलामा ६ सय ५० रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ९० हजार रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य दुई महिना यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनसार शुक्रबार कायम भएको सुनको मूल्य फागुन महिना यताकै महँगो हो। फागुन ४ गते छापावाला सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो।