भाइरल लिम्बू जोडीको अभिनय कोपा र चिबेको हास्नु हुन्न है मा, हेरेर पेट मिची मिची हास्नुहोस (भिडियो सहित)

नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ । यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । हरेक हप्ता फरक कथाबस्तुमा प्रस्तुत गरिरहेको छ । निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।

कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, कुमार राई, योवन गुरुङ, दिनेश बस्नेत,सुशिला खालिङ्ग राई र अन्य धेरै कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए । दस बर्षको संघर्षपछि आफैले बनाउन सुरु गरेका समीर र आइन्द्र खुशी भएका छन ।

दोबाटेबाट निकालीएपछी उनिहरु आफैले सुरु गरेका थिए । उनीहरुले दोबाटे छोडेसङ्गै दोबाटेका अन्य सात जना कलाकार पनि दोबाटे छाडेर हास्नु हुन्न है मा आएका छन । यो हप्ताको कथामा भाइरल बाजे अर्थात सानै उमेरकी श्रीमती बिहे गरेर चर्चामा आएको भाइरल जोडीको अभिनय रहेको छ । बाजे र श्रीमती पुजाको घरमा ३६ से कोपा दाजु भाउजू आएर जान नमानेको र पाहुना पाल्न गाह्रो भएको कुरालाई प्रस्तुत गरिएको छ । घरमा पाहुना आएर नगएपछि दिक्क हुँदै यस्तो उपाय लगाएर पठाउछन भाइरल बाजेले हेर्नुहोस हासेर हुरुक्कै बनाउने हास्नु हुन्न है सिरियल तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ।