एक्सपर्ट इन्टरस्टेट ट्राई सिरीजको उपाधी तास्मानियालाई

बिजेता तास्मानिया टिम

भिक्टोरियन नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद समितिको सहसंयोजनमा भिक्टोरिया राज्यको जिलोङमा सन्चालित एक्सर्पट इन्टर्स्टेट ट्राई सिरिज क्रिकेट प्रतियोगिताको उपाधि तास्मानियाले हात पारेको छ । अस्ट्रेलियाका तिन राज्यहरु भिक्टोरिया, तास्मानिया र न्युसाउथवेल्सको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन

प्रतियोगिताको उद्घाटन गर्दै एनआरएनएका महासचिब डा. ज्ञानेन्द्र रेग्मीले उपाधी विजेतालाई आफ्नोतर्फबाट पाँच सय डलर पुरस्कार घोषणा गरेका थिए भने ग्रेटर जिलोङ नेपाली समाजका संस्थापक अध्यक्ष डा सन्तोष पाण्डेले उपबिजेतालाई आफ्नोतर्फबाट दुई सय पचास डलरको पुरस्कार घोषणा गरे ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंल, एनआरएन आइसीसी सदस्य दुर्गा आचार्य, जन सम्पर्क समितीका अध्यक्ष बिनित शर्मा, भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार ज्ञानेन्द्र उप्रेती, सेतोपाटीका पत्रकार हेमन्त काफ्ले, एनआरएन खेलुकद बिभागका सह संयोजक यशवन्त सुबेदी, भिक्टोरिया क्रिकेट संघका अध्यक्ष सुजित बस्नेत, जिलोङ नेप्लीज एशोसिएसनका अध्यक्ष निरज कारंजित आदिको उपस्थिति थियो ।

लिग कम नकआउटका आधारमा सम्पन्न २० ओभरको खेलमा तास्मानियाले न्यु साउथवेल्स र भिक्टोरियालाई पराजित गरी फाइनलमा प्रबेश गरेको थियो भने न्यु साउथवेल्सलाई हराउदै भिक्टोरियाले फाइनलमा प्रबेश पाएको थियो ।

बिजेतालाई पाँच सय डलर र उपबिजेतालाई आफ्नोतर्फबाट दुई सय पचास डलरको पुरस्कार घोषणा गर्ने डा ज्ञानेन्द्र रेग्मी र डा सन्तोष पाण्डे

फाइनल खेलमा पहिलो ब्याटिङगर्दै तास्मानियाले निर्धारित २० ओभरमा ५ खेलाडी गुमाउदै एक सय ६० रनको बिशाल लक्ष खडा गरेको थियो भने प्रतिउत्तरमा भिक्टोरिया भने १७.४ ओभरमा ६ खेलाडी गुमाउदै एक सय १५ रनको स्थितिमा रहँदा बर्षाले खेल बिथोलेपछि तास्मानिया डक वर्थ लुइसका आधारमा सहजै विजयी भएको थियो ।

पहिलो ब्याटिङ गरेको तास्मानियाका युवा व्याट्सम्यान गोबिन्द कार्कीले ५१ रन जोडे भने सागरले ४१ रन, सन्दिपले २२ रन बनाए । भिक्टोरियाका तर्फबाट बलर उत्सव पोखरेलले तिन विकेट र सन्जोग दाहालले २ विकेट लिएका थिए । त्यस्तै भिक्टोरियाका ब्याट्सम्यान सन्दिप यादवले ३६ रन, राज कुमार गुरुङले २२ रन, धिरज दासले १५ रन बनाए । तास्मानियाका बलरद्वय अमृत भट्टराइ र सन्दिपले दुई दुई विकेट लिएका थिए ।

म्यान अफ दि म्याच र म्यान अफ दि सीरिज तास्मानियाका गोबिन्द कार्की घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान भिएनसिएका विकेस श्रेष्ठ, बेष्ट बलरको उपाधि तास्मानियाका सुरज थापा घोषित भए । उनले दुइ खेलमा ६ विकेट लिएका थिए । वेष्ट किपरमा तास्मानियाका किरण पाण्डे घोषित भए ।

उपबिजेतालाई दुई सय पचास डलर पुरस्कार प्रदान गर्दै डा सन्तोष पाण्डे