जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै मुलुकमा रहेपनि आफु जन्मेको धर्ती सर्वोपरि हुनुपर्छ। सुबिधा र अवसर नेपालीले आफ्नै माटोमा खोज्नुपर्छ।

जानकी पन्त बेलायत,
जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै मुलुकमा रहेपनि आफु जन्मेको धर्ती सर्वोपरि हुनुपर्छ। सुबिधा र अवसर नेपालीले आफ्नै माटोमा खोज्नुपर्छ। स्वाभिमानी नेपालीको रगत कहिं स्वार्थमा लिप्त हुनु हुदैन। राष्ट्रका उर्जाशिल युवा जनशक्ति कम्जोर हुनु हुदैन, सेलाउनु हुदैन। हाम्रो बौद्दिक सोच शक्तिलाई अभावले ग्रसित हुन दिन हुदैन। जो जहाँ बाट छ त्यतैबाट आफ्नो देशको लागि योगदान दिनुपर्छ। अबको राजनीति आफ्नो देश बचावको लागि हुनुपर्छ। अबको अभियान देशको आमूलको परिवर्तनको लागि हुनुपर्छ।

अन्तमा,
नेपालीहरुको नयाँ बर्ष २०७८ सालको शुभ अवसरमा सम्पूर्ण दाजुभाई, दिदीबहिनी, आफन्तजन साथै ईष्टमित्रहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु, भातृत्व, एकता, उत्तरोत्तर प्रगती र समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l नयाँ वर्षको पूर्व सन्ध्या मा हामी बिचको अत्मियता, स्नेह र संबन्धमा थप प्रगाढ अनि अजम्बरी होस भन्ने कामना गर्दछु l

त्यस्तैगरी, छ यो विश्वब्यपी बिनासकारी महाँमारीले धेरै धनजनको क्षती, स्तब्ध र बिचित्र बनाएको अवस्था छ, यस भयाबह अवस्थामा धैर्य धारणा गर्ने शक्ती अनि आत्मबल सबैलाई मिलोस l सक्दो छिटो मुक्त होस, निर्मुल अनि नियन्त्रण होस् भनी भगवानसँग प्रार्थना गर्दछु l स्वास्थ्य मापदण्ड पालना गरौ, बाचौ र बचाउँ !