सिरुवा पर्व र बगाह चौधरी महाराजाथानको हेरिटेज

युवराज रेग्मी
चैत्र ३१ , झापा /

झापा र मोरङ जिल्लाका आदिबासी हरु बसोबास गर्ने स्थानहरुमा नयाँ बर्सको आगमन साथै सिरुवा पर्बको आगमानमा उक्त स्थानका आदिबासीहरु रौनकतामा रमाउने बेला आएको छ ।

यस्तै परम्परागत रौनकतामा रमाउदै गरेको झापा जिल्लाको दक्षिण पश्चिम पालिका गौरिगन्जमा त्यहाका आदिबासि राजबंशी , ताजपुरिया जातिहरु सिरुवा पर्व मनाउने तयारी गर्दैछ्न ।

आफ्नै परम्परागत मौलिक सस्कृती लाई जगेर्ना गर्दै त्यहाका आदीवासी हरु मौलिकतामा रमाउदै आएको पाइन्छ । यस्तै भिन्न मौलिक हेरिटेज बोकेको गौरिगन्ज गाउँपालिका वडा न २ मा पर्ने बगाह चौधरी बजारमा सिरुवा पर्बको रौनक देख्न पाइन्छ ।

सिसिरको सिरेटोलाइ छिचोलेर भित्रिएको वसन्तको आगमन साथ साथै नयाँ बर्सको रौनकतामा साबिक कोरोबारी गा.बि.स. मा पर्ने उक्त बगाह चौधरी बजार कृश्निघाट खोलाको तिरमा अवस्थित छ । सयौ बर्स अघि देखि बसोबास रहेको उक्त बजार लाई उर्लदो बर्खे भेलले कुनै बर्स पनि छ्यती पुर्याउन नसकेको स्थानिय हरु बताउछ्न ।

नबनिर्नित बगाह चौधरी महाराजा थान

झापा जिल्लाको पुराना बजार हरु मध्ये एक उक्त बजार हाल सम्म पनि पुरानै शैली र संरचनामा रहि रहेको हामि देख्न पाउछौ । स्थानिय अग्रज जेष्ठ नागरीक भिम प्रसाद राजबंशीका अनुसार उक्त स्थानको ईतिहास अलि बेग्लै रहेको भिम प्रसादले बताए ।

बि. स. २०३७ साल कार्तिक २५ गते नेपालको सिमान बाट २२ कि.मि. दुरिमा रहेको बेनुगड बाट आएका बेनुगड महाराजले उक्त स्थानमा बगाह चौधरी महाराज थान स्थापना गरिदिएको उनी बताउछ्न । सो समयमा बेनुगड महाराजले १ रातमै उक्त बगाह चौधरी महाराज स्थापना गरिदिएको उनले बताए ।

करिब १०० बर्स पहिले त्यहा बसोबास गर्ने स्थानिय आदिबासी राजबंसी जातिहरु कृश्नेखोलामा माछामार्न गएका थिए । माछा मान खोला बाध्न उनिहरुले अथक प्रयास गर्दा पनि असफल हुदा एक अपरिचित ब्यक्ति आएर आफु उक्त स्थानमा बाध बन्ने र आफुलाई माटोले पुरी माछा मारेर लान अनुरोध गरे । सोही अनुरुप उनिहरुले ति अपरिचित ब्यक्तिलाई माटोले पुरिदिएर माछा मारी खोलाको किनारमा निस्किए ।

खोलाको किनारमा निस्किदा भने झन उनिहरु आस्चर्यमा परे किनकी जुन ब्यक्तिलाई उनिहरु खोलामा पुरेर माछा मारेर बाहिर निस्किएका थिए सोही ब्यक्ती तपाईं हरुलाइ तिर्खा लाग्यो होला पानी पिउनुस भन्दै पानीलिएर आए । आफुले पुरेको मानिस फेरि यसरी आफ्नै सामुन्ने आएर पानी खान अनुरोध गर्दा उनिहरु अचम्ममा परेका थिए ।
त्यही समय देखि उक्त स्थानमा ती महाराज कहिले हात्तीमा कहिले घोडा मा र प्राय जसो धेरै बाघमा चडेर बिराजमान गर्ने गरेकोले उनलाई बगाह चौधरी (बाघमा चड्ने ) नामले कहलिन थाले ।

उक्त समय देखि सो स्थानमा आवाज निकालेर गरिने सिल्पी कलाका काम हरु गर्न महाराजले बन्देज लगाएका थिए । सोहि किबदन्ती अनुसार हाल सम्म पनि सो बजार छेत्रमा लोहार तथा सुनारहरु बसेका छैनन । यदा कदा बसे महाराजले आएर उनिहरुलाइ अझै पनि सचेत गराउने स्थानिय भिमप्रसादले बताए । सोहि भनाइ अनुरुप सो स्थानमा त्यस्ता ब्यबसाय गर्ने मानिसहरु बसोबास गरेको पाइदैन । हाल सो बगाह चौधरी बजारमा ३ वटा महाराजाका थानहरु छ्न ।

३ वटा महाराजा थान मध्ये गाउँपालिकाको आर्थिक सहयोगमा एउटा महाराजा थानको पुनर्निमाण सम्पन्न हुनै लागेको छ । गौरिगन्ज गाउँपालिकाको ४ लाख आर्थिक सहयोगमा २०७७ साल फाल्गुन ४ गते सरस्वती पुजाको दिन सिलान्यास गरि निर्माण सुरुगरिएको महाराजाथानको निर्माण अन्तिम चरणमा पुगेको छ ।

राजबंसी जातिहरुको परम्परागत जातिय पर्व अनुसार बैशाख १ गते निसि पुजा अन्तरगत अघिल्लो सालको समापन गरि नयाँ बर्सको लागि नयाँ योजनाको तयारी गरिन्छ ।
त्यसै गरि २ गते काद सिरुवा (एक आपसमा हिलो छ्यापा छ्याप गर्ने ) पर्ब मनाइन्छ ।

साथै बैसाख ३ गते पानी सिरुवाका दिन उक्त महाराज थानमा भक्तिभाब सहित पुजा आजा गरिने प्रचलन रहिआएको उक्त महाराजा थानका पुजारी एबम महाराजा थान निर्माण समितिका अध्यक्ष नन्द प्रसाद राजबंसीले बताए ।

गत बर्स कोरोना महामारिको बिश्वब्यापी प्रकोपका कारण महाराजाको पुजा रोकिएकोले यश बर्स आवस्यक स्वास्थ साबधानि अपनाउदै नबनिर्मित महाराजा थान सहित अन्य महाराजा थानको पुजा आजा गरिने महाराजा थानका पुजारी नन्द प्रसादले बताए ।

यस्तै मौलिक हेरिटेज बोकेका दर्जनौ महाराजा थानहरु झापा र मोरङ जिल्लाका आदिवासी बसोबास गर्ने स्थानहरुमा प्रसस्त देख्न पाइन्छ । यस्ता मौलिक परम्परा बोकेका विभिन्न जातिका प्राचीन धरोहरहरको जगेर्ना गर्न सम्बन्धी स्थानिय सरकारहरु लागिपर्न आवस्यक रहेको देखिन्छ ।

साबिक बगाह चौधरी महाराजा थान