गायिका गीता पाण्डेको ‘ यो मन ‘ गीत सार्बजनिक नयाँ बर्षमा

काठमाडौँ नेपाली संगीतमा २ दशक भन्दा लामो समय देखि अनवरत संगीतमा सेवा गर्नु भएका गीतकार तथा संगीतकार श्री राजेश कुमार श्रेष्ठ सबै विधामा क्रियाशील संगीत साधक हुन् । “यो मन “गीत गायिका गीता पाण्डे द्वारा स्वोरांकन नया नेपाली आधुनिक गीत हो। यो मन गीत अन प्लगड गरिएको छ ।

संगीतको कुनै अन्त्य हुँदैन, संगीत कहिल्यै मर्दैन सिक्दै पनि छु र अब नया गीत रेकर्ड पनि गराउदै जाने नै छु।आशा छ यस गीत स्रोताहरुले मन पराई दिनु हुनेछ। सल्लाह सुझाब श्रोताहरुले सदा झैँ साथ दिदै जानु हुने नै छ र यो मन पनि मन पराई दिनु हुनेछ । यो मन गीत साथै मेरो सम्पूर्ण गीतहरु दामी म्युजिक एप डिजिटल प्लेटफर्म मार्फत सुन्न सक्नु हुनेछ – गायिका गीता पाण्डे।

यो मन कस्तो धरमर

कैले मृत्युले बोलाई रहने

कैले मायालु सपना फुलाउने

सम्झाउछु यो मान्दैन

बहकिन्छ बहकिन्छ बहकिन्छ

गायिकाको साधना र सक्रियता देख्दा सँधै क्रियाशील हुन प्रेरित गर्छ नै। आगामी दिनहरुमा गायिका गीता पाण्डेले अझै सिक्ने अढोट र साधना गरे अझै फील आउने र झनै राम्रो हुने मैले देखेको छु। यो मन गीत सम्पूर्ण युवा अवस्थामा हुने खुशी,छटपटी,खुल्दुलीलाई दर्शायिएको छ – संगीतकार राजेश कुमार श्रेष्ठ

यस गीत म्युजिक पार्क काठमाडौँमा रेकर्ड गरिएको हो । यो मन गीत अडियो रिलीज भएको हो पछि लिरिकल र भिडियो गायिकाकोआफ्नै युटुब च्यानल मार्फत रिलीज हुने छ।