निर्मला पन्त र भागीरथी भट्ट लगायतका चेलीहरुमा समर्पित दर्दनाक पिडा समेटिएको गीत, सारा नेपालीको आँखा रसायो

काठमाडौ । बलात्कार र हत्याका घटनाहरु नेपालमा दिन प्रतिदिन बढदै गईरहेको र बालिका समेतलाई पापीहरुले दया नगरेको पछिल्लो समयका धेरै घटनाहरु भएका छन, जस्तै निर्मला पन्त, भागिरथी भट्ट लगायत यस्ता निर्दोष थुप्रै बालिकाहरुले अकालमै यस्को शिकार भएर ज्यान गुमाएका छन । यसमा न त सरकारको राम्ररी चासो बढेको छ न त सरोकारवालाहरुको । हो यस्ता घटनाहरुलाई रोक्न र यस्ता घटनाहरु हुन नदिन भन्दै त्यागमूर्तीको टिमले सचेतना, सन्देश र मर्मस्पर्शी भरिएको नया“ गित लिएर आएका छन बजारमा — चिता अन्माउने हो ।

जस्मा स्वर रहेको छ निशान भट्टराई र समिक्षा अधिकारीको भने लय, शब्द र निर्देशन सहित अभिनय पनि रहेको छ त्यागमूर्तिको । उनले यो गितलाई यसरी लेखेका छन कि सबैको आखामा आश“ुका भेल बग्ने भन्ने कुरामा कुनै आशंका छैन । ‘चिता अन्माउने हो, बालकैमा छोरी मारे ए पुरुष भोली तिम्लाई कस्ले जन्माउने हो … यो शब्दले त मनमा बाणनै हान्छ भन्दा कुनै दुई मत छैन । यसरी मर्मस्पर्शी भाब बोकेको यस भिडियोलाई लेकसाइड टिभीबाट बजारमा लिएर आएका छन, हेरौ यो दर्दनका र यथार्थ घटनामा आधारित सत्य गित |