टिकटक भाईरल ट्रक डाईभर सोनु रियालको पहिलो म्युजिक भिडियोमा पुश्कल शर्मा र समिक्षा अधिकारीको आवाज (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चौतर्फि चर्चामा रहेका लोकप्रिय गायक पुश्कल शर्माको आवाजमा नया गित ‘मायाको बोली’ भखरै सार्वजनिक भएको छ ।

गितमा लोकप्रिय गायक पुश्कल शर्मा र लोकप्रिय गायिका समिक्षा अधिकारी संगै सिमा क्षेत्रीको सुमधुर आवाज सजिएको छ । हिरा बस्नेतको उत्कृष्ट लय शब्द रचना रहेको गितमा पुश्कल शर्माको थेगो एवम् कृष्ण विक ‘भान्जा’को संगित संयोजन रहेको छ । माया चिनो दिने कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , पुश्कल शर्माको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकार सारिका केसीसंगै टिकटक भाईरल ट्रक डाईभर सोनु रियालको अभिनय एवम् फिचर रहेको देख्न सकिन्छ | समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ, गितको म्युजिक भिडियोमा सुरेश श्रेष्ठको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ ।

मन्दिर म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको उक्त गितको अफिसियल म्युजिक भिडियो पुश्कल शर्माकै अफिसियल युटुव च्यानलबाट रिलिज भएको ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट अग्रिम शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :