संगीत पत्रकारिता पुरस्कार बाट सुर्य चन्द सम्मानित

काठमाडौँ। बिगत लामो देखि रंग पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका युवा पत्रकार सुर्य चन्द गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको हातबाट सम्मानित भएका छन्। पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न भएको ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड-२०७७’ मा लामो समय देखि रंग पत्रकारिताको माध्यम बाट गित संगीतको क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै प्रमुख अतिथि सम्माननिय परमानन्द झाको हात बाट रु. ५,५०० नगद राशि सहित ‘संगीत पत्रकारिता पुरष्कार’ प्रदान गरिएको थियो ।

लामो समय देखि निष्ठा र समर्पणभाबका साथ रंग पत्रकारिता मार्फत संचारक्षेत्रमा सधानारत रही सत्य तथ्य सुचनामुलक समाचारहरु प्रबाह गरि नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहदै आएको र समाजमा रहेका बिकृति विसंगति बिरुद्ध विभिन्न संचार गृहमा आबद्द भई पत्रकारिताको माध्यम बाट आम नेपाली पाठक माझ सचेतना फैलाउदै सभ्य समाज निर्माणमा प्रसंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरुप तथा महत्वपुर्ण सेवा भाब लगन तथा कर्तब्यनिष्ठका साथ नेपाली संचार क्षेत्रको संरक्षण, सम्बर्धन र बिकाशको निमित्त निरन्तर गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै संचारकर्मी सुर्य चन्दलाइ “पीम नेपाल संगीत पत्रकारिता पुरस्कार-२०७७” द्वारा सम्मान प्रदान गरिएको थियो।

उक्त ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड-२०७७’ अबसरमा दिर्घ साधना सम्मान बाट बरिष्ट संगीतकार राजु सिंह र रजत सम्मान बाट गायक तथा संगीतकार कनैया सिंह परियारलाइ सम्मान गरिएको थियो।