बिर्तामोडमा कुकुरले टोक्दै गरेको ला,’स फेला पर्यो (भिडियो सहित)

झापा बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृत भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृत फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो । गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्तै हत्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाशबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

लाश फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अवस्थामा लास फेला परेको थियो । आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ गरिएको छ । घटनास्थल पुग्दा नसोचेको दृश्य देखिएपछी सबै डराएका थिए । मृतकका सालाहरु मिडियामा आएर सुरुदेखिको नालीबेली बताउदा सबै चकित बने । कसरी भयो त २ दिन भित्र दुई जनाको रहस्यमय मृ त्यु तलको भिडियोमा हेर्नुहोला |