आज मात्र थपिय यति धेरै नेपाल मा कोरोना भाइरस बड्दो क्रम मा

२६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सं*क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४००६ जनामा गरिएको परीक्षणमा ३३२ जना सं*क्रमित भेटिएका हुन् । थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन् ।योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा सं*क्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख ७३ हजार ६०८ जना निको भएका छन् र २४५४ जना आइसोलेसमा छन् । कोरोना भाइरस सं*क्रमणका कारण आज सम्म ३०३८ जनाको ज्यान गय को छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस सं*क्रमणबाट कसैको ज्यान गयको छैन ।हालसम्म १८ लाख छ हजार २३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।