शान्ति श्री परियार लोकप्रिय गायिका र मान बहादुरको ‘ओखति’मा एलिना र वविनको रोमान्स (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय शान्ति श्री परियारको आवाजमा रहेको ‘ओखती’ गितको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।

गितमा लोकप्रिय चर्चित गायिका शान्ति श्री परियार र गायक मान बहादुर परियारको निकै सुमधुर आवाज सजिएको छ । सर्जक एवम् गायक मान बहादुर परियार र गौरव राऊतको उत्कृष्ट शब्द सृर्जना एवम् गायक मान बहादुर परियारको लय रचना रहेको गितमा सागर विरहीको संगित संयोजन रहेको छ । माया प्रेमका रमाईला कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , चर्चित म्युजिक भिडियो निर्देशक एवम् कोरियोग्राफर को निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा निकै चर्चित कलाकारहरु अभिनय एवम् डान्सिंग फिचर रहेको छ । लोकप्रिय नायिका एलिना रायमाझी र वविन सिंह ठकुरीको डान्सिंग फिचर एवम् अभिनय गितको म्युजिक भिडियोमा देख्न सकिन्छ , समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Rajkumar Films को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :