विन्ध्यवासिनी म्युजिक अवार्डको तयारी सकियो भोलि हुदै छन् यि कलाकारहरु सम्मानित

काठमाडौँ – अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारालाइ आत्मसाथ गर्दै विन्ध्यवासिनी म्युजिक अवार्ड कमिटीले रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ अर्थात आफ्नो एघारौँ संस्करणको तयारी सकिएको छ।भोलि अर्थात् चैत्र २७ गते हुने अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कम्पनीका संचालक सुबास रेग्मीले जानकारी दिनु भयो।अवार्डमा बिभिन्न विधाका कलाकारहरु सम्मानित हुने भएका छन।

होटल याक एण्ड यति होटल दरबारमार्ग काठमाडौँमा हुने उक्त अवार्डमा यो पटक भने सम्मानित र मनोनित कलाकारलाई मात्र आमन्त्रण गरिएको छ। कोरोनाको दोश्रो चरण फेरी नेपालमा पनि भित्रिएको र नया संक्रमण बढ्न थालेपछि कार्यक्रममा सामाजिक दुरी कायम गर्ने हेतुले यो पटक सिमित कलाकार र सिमित व्यक्तिलाई मात्र आमन्त्रण गरिएको अवार्डका संयोजक तथा बिन्धय्वासिनी फाउन्डेसनकि अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिनु भयो। केहि दिन अगाडी मात्रै शिर्ष ५ मनोनयन सार्वजनिक गरिएको हो।

कुल २५ ओटा विधा रहेको यो अवार्ड समारोह भने चैत्र २७ गते भएको छ र मनोनयन प्रमाण पत्र पनि त्यहीं वितरण गरिने विन्ध्यवासिनी म्युजिक प्रालिले बताएको छ। यस्तै विन्ध्यवासिनी म्युजिकले आयोजना गर्न लागेको एघारौँ संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’मा बरिष्ट गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मान गर्ने भएको छ। यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ।

गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मान गर्ने भएको छ। भने गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७ र बरिष्ट पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गर्ने भएको छ। यो सम्मानको राशी २५ हजार रुपैंयाँ रहेको छ।

रमपम विन्ध्यवासिनी म्युजिक अवार्डका शिर्ष ५ मनोनयन हरु यसप्रकार रहेका छन्।