धर्म फेर , जात लुकाउ , मैदान छोड , भाग भाग्नेहरु आफू त मैदान छोडी भागिन्न आखामा कसिङ्गर पस्यो कसिङ्गर निकाल्ने कि आँखा नै फुटाउने? : सरु सुनार

महिला अधिकारकर्मी बिशेष गरेर दलित महिला बर्गको लागी खटेर काम गरि रहेकी सरु सुनार ले फेसबुक सामाजिक संजालमा लेख्नु हुन्छ :

धर्म फेर , जात लुकाउ , मैदान छोड , भाग भाग्नेहरु आफू त मैदान छोडी भागिन्न आखामा कसिङ्गर पस्यो कसिङ्गर निकाल्ने कि आँखा नै फुटाउने?

जस्ले के भनोस् मैदान छोडेर भागिन्न , जात लुकाएर , ढाटेर नि बाँचिन्न , नागरिकता मै थर चेन्ज गर तर तिम्रा गाउँ जादा नागरिकता लेखेको थर अनुसार तिमी उपल्लो जात भएछौ भनेर संमान गर्ने र विभेद नगर्ने होइन क्यारे ? धर्मले विभेद गर्यो , कामले दलित बनायो ?
भन्दै धर्म फेर , काम गर्न छोड र भाग्दै गर भागेर तिमी जहाँ पुग तिमिले मुक्ती पाउदैनौ ।

म धर्म भित्रका कुसंस्कार हटाउन लडछु , म मेरै नाममा र मेरै समुदायको सिपमा गर्व गर्छु ।

विभेद र समस्याबाट भाग्ने होईन लडने हो , जुधने हो , खराब प्रवृत्तिलाई हटाउने हो , सुधार्ने हो , बुझाउने हो , सम्झाउने हो भएन भएन , मामाघर तिर पठाउने हो ।

जसले जे भन विभेद र छुवाछूतबाट मुक्ती पाउन मैदान छोडनेहरु तिम्रा हातमा फोहर लाग्यो फोहर सफा गर्छौ कि ? हात काटेर फाल्छौं ?

एउटा कुराको उत्तर पाउन ?

धर्म परिबर्तन गर्नेहरु छुवाछूतबाट मुक्ती पायौं ?

जात लुकाएर ” टाइटल ” लेख्नेहरु के उपल्ला जाती भनिने भयौ?

विभेद भोगेनौ?

जुन समाजमा हुर्कियौं तिमी त्यहा नागरिकतामा थर फेरेर संमान पाउदैनौ जबसम्म चेतना , सोचलाई बदल्न सकिँदैन , मानसिकता परिबर्तन गराउने हो ।
यो बुझ्दा हुन्छ ।

केहिलाइ तितो लाग्छ , मुटुमा घोच्ला तर लागोस् ।
सत्य कुरा बोल्न छोडिन्न ।
S.S