नेपाली कथानक चलचित्र रिभेन्जको पहिलो गीत “ तिमी देखि टाढा टाढा ” सार्वजनिक

काठमाण्डौं ।

डिएस डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको पहिलो गीत “ तिमी देखि टाढा टाढा ” सार्वजनिक भएको छ ।

मोहन गमालको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको रिभेन्ज को पहिलो गीत ओएस आर डिजिटल बाट रिलिज गरिएको छ ।

वियोगान्त कथा बोकेको यस गीतमा विशाल अग्रवाल र प्रीतिका शर्मा लाई फिचरिङ गरिएको छ । कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ ।

कोरोनाको डर र त्रास नरहे असार को पहिलो साता रिलिज हुने तयारीमा रहेको छ ।
“ तिमी देखि टाढा टाढा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।