अष्ट्रेलियाको ड्रिम फिटले निर्माण गरेको भिडियो ‘फूल फुल्यो केशरी’ सार्वजनिक (भिडियो)

चर्चित गायिका टिका प्रसाई र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा रहेको डान्सिङ शैलीको गीत ‘फूल फुल्यो केशरी’ सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो। अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गीतको भिडियो आफ्नो अभिनय र नृत्यकलालाइ अगाडि बढाइरहेका किरण मगर, निक्की श्रेष्ठ,स्माइली श्रेष्ठ र किशोरी बिस्टको दमदार नृत्य रहेको छ ।

किरण मगर र निक्की श्रेष्ठद्वारा संचालित ड्रिम फिटमा अमृता जी सी , स्माइली श्रेष्ठ र किशोरी बिस्ट मेम्बर रहेका छन जसको मुख्य उद्धेश्य नै नेपाली लोक नृत्यको जगेर्ना र डान्सरहरुलाई सहयोग गर्नु रहेको छ ।
सुदीप बिस्टको सिनेमाटोग्राफी र सम्पादन रहेको भिडियोलाई किरण मगरको कोरियोग्राफी र निर्देशनमा तयार भएको हो ।