नेपाल स्कटलैण्ड एसोसिएसनको १७ औं बार्षिक साधारण सभा सम्पन्न, फेरि पनि बिजय डंगोल सर्वसम्मतले निर्विरोध अध्यक्षमा।

स्कटल्याण्ड युके,
यही अप्रिल ४ तारिख, २०२१ आइतबार भएको नेपाल स्कटलैण्ड एसोसिएसनको १७ औं बार्षिक साधारण सभा भर्चुअल रुपमा सम्पन्न संस्थाको अधिवेशनले यस अघिको कार्यसमितिका अध्यक्ष डंगोल कै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ अध्यक्षमा बिजय डंगोल सर्वसम्मतले निर्विरोध अध्यक्ष (२०२१-२०२३) पदमा नियुक्त भएकोमा स्वागत तथा शुभकामना दिएका थिए।
यस कार्यक्रममा नेपाल स्कटल्यान्ड एसोसिएसनका पूर्व अध्यक्ष राजेन्द्र बम तथा निशान रिजाल, हिमालय सेन्टर फ्अर आर्टस् एण्ड कल्चर का अध्यक्ष टीका लिम्बू, एन आर एन ए स्कटलैण्ड राज्य समन्वय का सचिव दिवाकर पाण्डे, कार्य समितिका सदस्य ग्ल्यास्गो बाट दिलु गैरे, उप समिति नेपाली कक्षा का अध्यक्ष टीकाराम खराल ,एन एस ए का सल्लाहकार डा. भास्कर अधिकारी का साथै स्कटलैण्डका अन्य संस्थाका पदाधिकारीहरु र स्कटलैण्डका विभिन्न ठाउँमा बस्ने नेपालीहरुको उपस्तिथी थियो।हरेक कार्यक्रम झैँ यस अधिवेशनको सुरुवात अध्यक्ष बिजय डंगोलले सुरुवात गरेका थिए भने पुर्व उपाध्यक्ष कमला श्रेष्ठ द्वारा स्वागत गरिएको थियो। निवर्तमान कार्यसमितिका महासचिव मनिष खत्री द्वारा कार्यक्रम सन्चालन तथा संस्था का वार्षिक बिबरण र कोषाध्यक्ष अञ्जली चापागाइँले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए साथै एनएसए उप समिति नेपाली कक्षाका सचिव रीता कार्की द्वारा नेपाली कक्षा को वार्षिक बिवरण तथा आर्थिक प्रतिवेदन पनि खुलस्त रुपमा जानकारी दिएका थिए र सर्वसम्मतले तालि द्वारा समर्थन गरेका थिए र अतिथिहरुका स्वागत र क्रमश आ- आफ्नो २-४ शब्द राख्दै पुरानो समितिको प्रसंसा र नया चयन हुने पदाधिकारीहरु साथै सर्वाधिक महिला सहभागिता रहेकोमा सम्पूर्ण उपस्थित महानुभावहरू द्वारा खुशीका साथ शुभ कामना यापन गरेका थिए।
दोस्रोचरनमा हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर का अध्यक्ष तथा एनएसए का सल्लाहकार टिका लिम्बू तथा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार निसान रिजालको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको थियो। नया कार्यसमितिको चयन भएका प्रदाधिकारीहरुलाई ताली बजाई स्वागत तथा शुभकामना दिएका थिए भने संस्था बाट पुर्व सदस्य आशिष पुनलाई सम्मान का साथ बिदाई पनि गरेका थिए।
दोस्रो कार्यकालको जिम्मेवारी पाएसंगै अध्यक्ष बिजय डंगोल ले यस कोभिड-१९ का कारणले रोकिएका कार्यक्रम तथा संस्था का एजेंडा हरूको पुरा गर्ने प्रतिबद्धतालाई राखेर काम गर्ने अठोट व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले विभिन्न क्षेत्रस्थित संस्थाहरूका बीचको समन्वय बढाउने एकरुपता ल्याउने तथा लैंगिक समानता, महिला सशक्तीकरण तथा सबै क्षेत्रमा बराबर मौका (Equal opportunities) लाई ध्यानमा राखी अघि बढ्ने लक्ष्य लिएको छ।त्यस्तै, नयाँ कार्यसमितिले संस्थालाई आर्थिक रुपमा दिगो बनाउने, संस्थाको पहिचान अन्तरराष्ट्रिय मञ्चहरुसम्म स्थापित गर्ने र संस्कृति एवम् परम्पराको प्रवर्धन प्रभावकारी रुपमा अघि बढाउने जस्ता योजना अघि सारेको छ। नवनिर्वाचित अध्यक्ष डंगोल ले दोस्रो कार्यकालका लागि नेतृत्वको जिम्मा दिने अग्रज एवम् सबै सदस्यहरुप्रति आभार प्रकट गरेका छन् । संस्थाको प्रतिष्ठालाई अझ उचो पार्ने दिशामा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नया अधिबेसनका लागि ७ जना सदस्यहरु भएको एउटा समिति गठन गरिएको थियो र यस समितिले निष्पक्ष तरिकाले अधिवेशनलाइ सफल पारेका थिए ।
अधिबेसनले चयन गरेको ७ जना सदस्यहरूको नामावली यस प्रकार छ ।
अध्यक्ष – बिजय डंगोल
उपाध्यक्ष – कमला श्रेष्ठ
सचिब – मनिष खत्री
कोषाध्यक्ष – अञ्जली चापागाइँ
महिला सदस्य – रत्ना केसी
महिला सदस्य – रीता कार्की
सदस्य – भुपाल कार्की
धन्यवाद।।।