नेपाल आइडलका सागर आले र सदिक्षा कट्टेलले आवाजमा जरुरि चर्चामा

नेपाली गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल नेपाल आइडलका चर्चित कलाकार सागर आले र सदिक्षा कट्टेलले आवाज दिएको उत्कृष्ट गीत ‘जरुरि’बजारमा आएको छ।गीतले एक प्रेमी प्रेमिकाको कहानीलाई बिशेष चित्रण गरेको छ भने साचो प्रेम के हो भन्ने बिषय बिशेष जोड दिएको छ।

डिपी खनालले सृजना गरेको उक्त गीत यो बेला नकै चर्चामा शुभारम्भ डिजिटलले बजारमा ल्याएको उक्त गीतको संगीत भने मनोज थापा मगरको रहेको छ।उक्त गीतमा अभिनय भने मोडल विकास गुरुङ र बिन्दु गुरुङको रहेको छ।बिभिन्न सुन्दर दृश्य सहितको स्थानहरुमा गएर निर्माण गरिएको भिडियो निकै उत्कृष्ट बनेको छ।

गीतको भिडियो निर्देशन भने मनाङ्ग गुरुङले गरेका हुन्। विकास ज्ञावालीको सम्पादन रहेको भिडियोको छायांकन भने अनिल कटुवालले गरेका हुन् ।गीतको कथा र भावलाई बिशेष भिडियोमा देखाइएको छ भने प्रेमी प्रेमिकाको कहानीलाई अझ उज्यालो बनाउने कोसिस भिडियोमा देखिन्छ।हेरौ भिडियो :