विश्व गौडेलको ‘ऐशेलुको काँडा’ सार्वजनिक (भिडियोसहित)

प्रवासमा बसेर पनि निरन्तर रुपमा नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका मेलबर्न निवासी गीतकार विश्व गौडेलको रचना रहेको अर्को नयाँँ गीत ‘ऐशेलुको काँडा’ सार्वजनिक भएको छ ।

नेपाल आईडल सिजन ३ मा तेश्रो स्थान प्राप्त गरेका किरण भुजेलको सुमधुर स्वर रहेको यो गीतमा संगीतकार शंकर स्माईलीको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

र्यान कार्कीको निर्देशन रहेको यो गीतको भिडियोमा मोडेल सुधीर श्रेष्ठ र ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषा उप्रेतीको नृत्य र अभिनय रहेको छ ।

बलापनको साथीलाई बर्षौपछि भेट्दाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोमा बुद्ध थापाको छांयाकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।