भाईरल सचिन प्लेन चढेर पोखरामा, एयरहोस्टेजले यस्तो सम्म गरिछन् (भिडियो सहित)

भाईरल बाल कलाकार सचिन परियार पोखरामा जारी लेखनाथ खास्टे ताल महोत्सवमा भाग लिन नेपालजंगबाट पोखरा प्लेनमा आए । पोखरा बिमानस्थलमा भेटिएका उनी प्लेन भित्र एयरहोस्टेजले गरेका कुराहरु सुनाउदै थिए । आफूलाई प्लेनमै बस्न र आफ्नो घर जान भनेको भन्दै सचिनले भागेर आएको बताए । कलाकारीतामा आफ्नो छुटै पहिचान बनाएका बाल कलाकार सचिनलाई यतिबेला बिभिन्न मेला महोत्सवमा भ्याई नभ्याई छ ।

देशभरको महोत्सवका साथै उनले आफ्नो अध्यानलाई समेत अगाडी बढाएको सचिनका बुबा बताउँछन् । पोखरामा जारी महोत्सवमा शुक्रबार उनको प्रस्तुती रहेको थियो । हेर्नुहोस् सचिनसंगको रमाईलो कुराकानी |