“कान्छी” सीरियलकी आमा एक्कासी आईन मिडियामा, कन्चनको बारेमा यस्तो भनिन, १३ बर्षमा बिहे रातिमा घर आउदा यस्तोसम्म भन्थे हेर्नुहोस

काठमाडौं । नेपाली टेलिचलचित्र , म्युजिक भिडियो तथा चलचित्रमा आमाको रुपमा रमा थपलिया दर्शक माझ लोकप्रिय छिन् । विशेष गरि हाँस्यटेलिचलचित्र ‘ हिजो आजका कुरा’ ले उनलाई कलाकारिता क्षेत्रमा स्थापित गराएको हो। रमा थपलियाको १३ वर्षको उमेरमा नै विवाह भएको थियो । विवाह पछि मात्र चलचित्र हेरेकी उनले चलचित्र हेरेर बुझ्दिनथिन् । साथीहरुसंग चलचित्र हेर्न जाँदा जाँदै उनमा कलाकारिताप्रति रुचि जागेको थियो।

तर, कलाकारिता कसरि र कहाँबाट सुरु गर्न सकिन्छ भन्ने ज्ञान उनलाई थिएन। थपलियाले १६ वर्षको उमेरमा छोरी जन्माईन् र केही वर्ष नर्सिङ्ग क्याम्पसमा काम गरिन् । यसै क्रममा उनले गोरखापत्रमा कलाकार चाहिएको विज्ञापन देखिन् र स्क्रिनटेस्टको लागि गइन् ।

रमा थपलिया पहिलो पटक अभिनय गर्दा २५ वर्षकी मात्र थिइन् , तर उनलाई आमाको भूमिका दिइएको थियो । त्यसपछि कलाकारिता क्षेत्रका मानिसहरुसंग चिनजान हुँदै जाँदा उनले अवसर पनि पाउन थालिन् र फलस्वरूप : हिजो आजका कुरामा काम गर्ने अवसर पाईन्, जसले उनलाई स्थापित गरायो। थपलियाका अनुसार, श्रीमानले कलाकारितामा लाग्न साथ दिने, कुनै शंका नगर्ने गरेका कारण अनि आफू यहाँसम्म आइपुगेकी हुन्।
हेर्नुहोस |