कृष्ण केसीको शब्द तथा संगीतमा ‘पाउडर किरिममा’ (भिडियो)

काठमाडौं । दोस्रो नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ ।

अनिल केसीको प्रस्तुति रहेको ‘पाउडर किरिममा’ लाइ आफ्नोमन ( Aafno Maan)को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । आफ्नोमन यूट्यूब च्यानलले अत्यन्तै मार्मिक तथा उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको छ ।