होलि बिशेष : दोहोरी च्याम्पियनमा सानदार जित हेर्नुहोस भिडियो सहित !

काठमान्डौ, कल्पना दाहाल र प्रदिप रोक्काको टिम बिजयी भएर अर्को खेलको लागि प्रवेश भएका छन। यो समय चर्चा र बिबाद दुवै खेपिरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको दोश्रो खेल सकिएको छ।

पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि निर्णायकले आफ्नो प्रतिक्रियालाई सुधारेर तेश्रो शृंखलाको दोश्रो खेलमा केहि फरक निर्णय लिएका छन भने उक्त कलाकारहरुको पहिलो दोहोरी सभ्य र भब्य भएको छ। कल्पना र प्रदिपले दोहोरी च्याम्पियनको पहिलो दोहोरी जितेका छन।

बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतलाइ हराउदै कल्पना दाहाल र प्रदिप रोक्काले उक्त पहिलो दोहोरी जितेका हुन्।दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन।

यो पटक अथिति निर्णायकको रुपमा लोकप्रिय गायक राजु परियार र टिका पुन रहेका थिए। उनका अनुसार दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागहरुमा सुधार गरेर आएको बताएका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने उनको जानकारी छ।

कार्यक्रम मा मिर्मि मुनि र काली परे दाइ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए। प्रदिप र कल्पनाको पक्षमा ६ सय १२ दशमलब ५ मत प्राप्त भएको थियो भने बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको पक्षमा ६ सय ७ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।यो हप्ताको कार्यक्रम होलि बिशेष रहेको थियो।