क्रीकेट रंगशालाको लागि २ लाख दिसकेका समाजसेवी हेम थापा ,माया थापा दम्पतीले फेरि ५ लाखँ ५ हजार ५ सय ५५ दिने प्रतिबद्धता व्यक्त (भिडियोसहित)

मेचीमहाकाली ,काठमाडौं । अमेरिकीमा बस्दै आउँनु भएका समाजसेवी हेम थापा र माया थापाले धेरै नै दीन दुखीको चर्याएको घाउमा मल्हम लगाउँदै पुण्य कमाउदै आईरहनु भएको छ । उहाँहरुले आफ्नो परिवारलाई कमाएको रकम खर्च गर्दै बँचेको रकम समाजसेवा गर्दै आउँनुभएको छ ।

उहाँको भनाई अनुसार समाजसेवाको क्षेत्रमा लागेको लगभग २०/३० बर्षको अन्तरालमा धेरैका घाउमा मल्हम लगाउँदै आँफु खुशी महसुस गर्दै आउनु भएको भन्ने छ । सामाजिक संजालमा नियाल्दै गर्दा थापा दम्पतीले गरेका हरेक समाजसेवा प्रष्ट रुपमा देखीदै आएका छन् ।

प्रायः प्रत्येक अभियान,हरेक गरिब,दुःखि,पिडिलाई सहयोग गर्दै आउनुभएका थापा दम्पती भन्नुहुन्छ,”हामीलाई समजसेवा गर्दा सन्तुष्ट मिल्ने हुनाले सेवामा सदैव तल्लिन थियौं ,छौं र हुनेछौं ।थापा दम्पती समाजसेवामा मात्र नभै मुलुकमा भएका हरेक व्यथितीहरुलाई कडा रुपले आलोचना गर्दै सहि सल्लाह र सुझाव दिदै आफ्नो मुलुकलाई सदैव माया गर्दै आउँनु भएको छ । थापा दम्पतीको नाउँमा विशुद्ध रुपले खोलीएको हेम एण्ड माया थापा फाउन्डेसन रहेको र त्यहीँ फाउन्डेसन मार्फत सेवा गर्दै आउँनु भएको जानकारी दिनु भएको छ ।

सोही फाउन्डेसन मार्फत धेरैलाई खुशी दिलाउदै सन्तुष्ट लिदै आईरहनु भएको हामी सबैमा अवगत नै छ । यो कोरोनाको महामारीको बेलामा अनेकौं पिडितहरुलाई विभिन्न तवरले फाउन्डेसको तर्फबाट सहयोग गर्नु भएको कुरा थापा दम्पतीको सामाजिक संजाल हेर्दा छर्लङ्ग नै हुन्छ ।

थापा दम्पती अमेरिकामा रहे पनि मन तन सबै आफ्नै मुलुलमा भएको सेवा भावले गर्दा प्रष्टै हुन सकिन्छ त्यस्तै उहाँहरु भन्नुहुन्छ,”हामीले हाम्रो स्वार्थको र चर्चाको निम्ति सेवा नगरी यो विशुद्ध सेवा गरेका हौं ।” त्यस्तै थापा दम्पतीले निकै नै चर्चामा आएको धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा जनस्तरबाट चितवन जिल्लाको भरतपुरमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा हेम एन्ड माया थापा फाउन्डेसनको तर्फबाट २ लाख सहयोग गरि सक्नु भएको छ ।

थापा दम्पतीको अनुसार अब छिट्टै नेपाल गई फेरि सोही रंगशालाको निम्ति आफ्नै हातबाट ५ लाख ५ हजार ५ सय ५५ सहयोग गर्ने प्रतिबद्धता समेत जायर गर्नु भएको छ । उहाहरु भन्नुहुन्छ,”हामी विकास विरोधी हैनौं तर कुनै पनि कार्यको थालनी गर्दा धेरै सोचिने गरियोस् । धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरेलाई सुझाव दिदै थापा दम्पतीले यस्तो बताएका हुन्। समाजसेवी थापा सामाजिक संजाल फेस्बुकमा सदैव राम्रो सँग अप्डेट हुँदै आउँनु भएको हुँदा उहाँ भन्नुहुन्छ,”हरेक योजना तथा अभियानको पारदर्शिता हुन अत्यन्तै जरुरत छ र सबैले गरियोस् ।

”उहाँले आफ्नो मत जायर गर्दै भन्नुभएको छ,”विकासको विरोध हैन साथ,सहयोग ,हौसला दिदै सकेको सहयोग गरौं तर भएका बेथितिहरुलाई भने आलोचना गरि ठिक ठाउँमा ल्याऔं।” थापाले अन्त्यमा भनेका छन् ,”सकारात्मक कुरामा सबै एकजुट बनौं,एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्दै सबैको विचारलाई कदर गरौं र निष्कर्ष निकाली ढिको पनि शक्तीसाथ अघाडी बढौं।

पैसाले मात्र सहयोग हुन्न,भौतिक तथा नैतिक पनि उत्तिकै सहयोग हुने हुँदा सबै जुटौं ।”सबैमा मेरो सम्मान छ भन्दै थापाले संजलमा भन्नुभएको छ । मेचिमहाकाली.कमबाट