जेलबाटनै रेशम चौधरीले यस्तो निर्णय लिएपछि परे सबै नेता चकित!

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएका बेला रेशमले कुनै हालतमा यो सरकारमा जान नहुने भनेको प्रचार गरिएको थियो । यसबारे बुझ्न जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आफैं बुधबार डिल्लीबजार कारागार पुगेका थिए ।

त्यसको भोलिपल्ट बिहीबार रेशमले विज्ञपित जारी गर्दै गलत प्रचार भएको बताएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुरले काम गरिरहेको र सरकारमा जाने नजाने निर्णय आफ्नो एकल प्रयासमा सम्भव नहुने भन्दै उनले भनेका छन्, ‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कल्पना गर्न सक्दिनँ ।’