रबि लामिछाने र इन्द्रेणीका कृष्ण कंडेल बिचको पहिलो अन्तरबार्ता बाहिरियो, इन्द्रेणीमा रविले दोहोरी गाउने

पछिल्लो केहि समय यता सबैको मन जितेका चर्चित संचारकर्मी रबि लामिछाने र कृष्ण कंडेल बीच पहिलो भेट भएको छ।उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता इन्द्रेणी मार्फत सार्वजनिक भएको छ।उनीहरु बिचको लामो अन्तर्वार्तामा पछिल्लो समयको लोक गीतमा देखिको गतिबिधिलाइ बिशेष मध्यनजरमा राखी केहि ओझेलमा परेको खबरलाई समेट्ने देखि कृष्ण कंडेलको काम प्रति रबि लामिछानेले गरेको प्रशंसा समेत उक्त कुराकानीमा समेटीएको छ।

इन्द्रेणीकै स्टुडियोमा रबि लामिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि रबि संग कृष्ण कंडेलको बिशेष कुराकानी बाहिरिएको हो।रबि लामिछानेलेनै खोल्न लागेको ग्यालेक्सी फोर के टिभीकै कार्यालयमा पुगेर उक्त कुराकानी बाहिरीर ल्याएका हुन् भने रविले पनि उक्त अन्तरबार्तामा बिशेष जोड दिदै आफु छिट्टै इन्द्रेणीमा दोहोरी खेल्न आउने समेत खुलाएका छन।

रबि लामिछाने यो समय जनताको नजरको बिशेष रोजाईमा परेको पत्रकार हुन् भने कृष्ण कंडेल पनि जनताको मन मनमा बसेका लोकप्रिय संचारकर्मी तथा गायक हुन्।इन्द्रेणी यो बेला देशकै नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रेणीले गर्ने दुखि गरिबको कथालाई जनताले पहिलो प्राथमिकताको रुपमा हेर्न सकिन्छ।हेरौ कुराकानी :