हेर्नुहोस् चैत्र १२ गते बिहिबारको राशिफल : दक्षिणकाली माताले सबैको कल्याण गरुँन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५ आजको राशिफल बि.सं.२०७७ साल चैत्र १२ गते बिहीवार ई. सं. २०२१ मार्च २५ नेपाल सम्बत ११४१ पोहेलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेशा नक्षत्र, सुकर्मा योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०६ः२ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २ मिनेट देखि ७ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहने छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । आजका लागि शुभअङ्क ः ४ र शुभरङ्ग ः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या ः ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क ः ३ र शुभरङ्ग ः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ धरणीसुताय नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । आजका लागि शुभअङ्क ः २ र शुभरङ्ग ः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । आजका लागि शुभअङ्क ः १ र शुभरङ्ग ः कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या ः ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । आजका लागि शुभअङ्क ः ३ र शुभरङ्ग ः हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ः २ र शुभरङ्ग ः गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या ः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । आजका लागि शुभअङ्क ः १ र शुभरङ्ग ः नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ः ९ र शुभरङ्ग ः बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । आजका लागि शुभअङ्क ः ८ र शुभरङ्ग ः ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ सङ्कटाभगवत्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । आजका लागि शुभअङ्क ः ७ र शुभरङ्ग ः उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ कात्यायनी भगवत्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएको राम्रो दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ः ६ र शुभरङ्ग ः गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या ः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । आजका लागि शुभअङ्क ः ५ र शुभरङ्ग ः सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ः ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या ः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।