४१ वर्ष जेल बस्नुको भित्रि रहस्य यस्तो रहेछ, दुर्गाप्रसाद माथि षड्यन्त्र भएको थियो त ? बोल्दाबोल्दै भाबुक भए (भिडियो सहित)

झापा । ४१ वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद तिम्सिना -दिपक जैसी आइतबार बिहानै स्वदेश आइपुगेका छन् ।कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नतले जनाए । पत्रकार सम्मेलनपछि उनलाई इलाम माई नगरपालिका १० स्थित घर पुर्‍याइने छ ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र्र रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए ।