टिकटक स्टार उषा उम्रेतीले सार्वजनिक गरिन् प्रेमी, यि हुन् उषाका ह्याण्डसम प्रेमी

काठमाडौँ । यसअघि ‘सुनन’ बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक हुन् सुशील श्रेष्ठ ‘जुजु’ । उनै सुशिलको नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएसँगै चौतर्फी चर्चा सुरु भएको छ । वैशालु उमेरमा जानेर नजानेर प्रेम गर्ने एक जोडीको प्रेम र रोमान्सको कथालाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा उषा उप्रेती र विनोद बस्नेतको अभिनय देख्न सकिन्छ । आचार्य गोपालको निर्देशन रहेको भिडियोमा उषा र विनोदलाई प्रेमील जोडीका रूपमा देखाइएको छ ।

भिडियोमा काजीबहादुर श्रेष्ठ, आयुष रिजाल, जीवन तामाङ, कान्छी नगरकोटीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । गायक जुजुको यसअघि ुसुननु बोलको गीत सार्वजनिक भएको थियो । जसको क्रियटिभ निर्देशकका रुपमा चर्चित निर्देशक प्रकाश धिताल रहेका छन् । निर्देशक धिताल उत्कृष्ट कँसेप्ट बनाउन माहिर निर्देशक हुन् । हेर्नुहोस् भिडियो |