कोरिनेछ यो नमेटिने गरी सयौं वर्षसम्मका लागि कोभिड १९ !

पत्रकार प्रेम बानिया सामाजिक संजाल मा लेख्नु हुन्छ :

कोरिनेछ यो नमेटिने गरी सयौं वर्षसम्मका लागि कोभिड १९ ! पुस्तौंपुस्ताले यी दिनहरु बयान गर्दै जानेछन् । एक (अ) दृश्य भाइरसको प्रभावमा संसार कसरी ‘थिलोथिलो’ भयो र जीवनको परिभाषा कसरी ‘लचिलो’ भयो ! यी आगामी पुस्ताका ‘कन्टेन्ट’हरु हुन् । संसारका सबै शास्त्रीहरुका लागि मानवजगतकै ठूलो सबक बनेको यो विश्वमहामारीको शिकार भएका करोडौं मानिसहरुमध्येको एक पात्र…

कोभिडसँग जुध्दै संसारका कयौं देशका नागरिकलाई सरकारी तथा गैरसरकारी सेवाहरु उपलब्ध गराउँदै, अबिराम मनको बाटो हिँड्दाहिँड्दै कोभिडग्रसित २४ दिन ! त्यसपछि कोभिडविरुद्धको खोप मोडर्ना ! एक ‘युगभन्दा लामो’ बर्ष यसैगरि सकिएछ ! अब उठ्नुछ र हिँड्नुछ भाँचिएको छाताको डण्डी समाएर बालुवैबालुवा ! तर, अझ बलियो भएर सशक्त किनकी हामीलाई जीवनको गन्तब्यसम्म त पुग्नैछ । कोभिडले जीवनको गन्तब्य त भुलाएको छैन नि ? छैन-छैन । हो त्यसैले, कालो बादलले मस्काएको आकासको थालजस्तै र भिजिसकेपछिको धरतीजस्तै ! एक पटक हरेकले आफूभित्रको जुझारु तागतलाई निकाल्नुछ ! हिँड्नुस् अघि बढ्नुस् । अगाडि पनि अप्ठेराहरु छन्, तयार भएर हिँड्नुस्, अझ दुर्लभ यो अनुभव लिएर बलियो भएर हिँड्नुस है …