विप्लव प्रतिकको “माया” सम्बन्धमा लेखिएको बेजोडको कविता

दिनमा हजारौं कविता लेखिन्छन, तर केही समयको अन्तरालमा बल्ल एकाध कविता भेटिन्छन जस्लाई जति पढे पनि पढ्न नपुगेको, जति सुने पनि सुन्नै नपुगेको महसूस हुन्छ ।

माया अब कसैसँग गर्न मन छैन
माया अब केबल महसुस गर्न मन छ-
एउटी त्यस्ती परीसँग,
जो साउतीमा बोल्छे
प्वाँखझै उड्छे,
अँगालोमा छैन,
तर सँगै रहन्छे ।

म लड्दा आफै उठुँ, तर उसले उठाए झैँ लागोस्
म आँशु आफै पुछुँ, तर उसले पुछे जस्तै लागोस्
माया अब कसैसँग गर्न मन छैन
माया मात्र अब महसुश गर्न मन छ ।।

म उस्को बह बुझुँ, तर उस्ले चालै नपाओस
मैले हिफाजत गरेको उस्ले पत्तै नपाओस
माया अब कसैसँग गर्न मन छैन
माया मात्र अब महसुश गर्न मन छ ।

सबै सफल प्रेम चाहन्छन, तर चर्चित कवि तथा गीतकार विप्लव प्रतिक भने आफूद्धारा मन पराइएको ब्यतिले थाहै नपाउने गरी आफूद्धारा उन्लाई गरिएको प्रेममा उन्ले नै थाहै नपाउने गरी क्रस होस र त्यस्का बारेमा आफ्नो सिर्जनाको भावमा सबै चुर्लुम्म यसरी डुबून कि त्यो डुबानसंगै निस्किएका आँशु सबैको मन हल्का गर्ने कारण बनोस भन्ने चाहन्छन । योभन्दा बिचित्र, सुन्दर र निस्वार्थ प्रेम अरु के हुन सक्छ? भनिन्छ कि उन्का साहित्यका भाव र जादुमय गहन शब्द चयनका कारण कैयन बिबाहित महिलाका कल्पनातित श्रीमान पनि हुन उनी ।

रोम प्रतिरोम तरंगित तुल्याइदिने “माया” सम्बन्धी उन्को बेजोडको कविता (कविता आँफैमा उर्जा हो र मान्छेको बीचमा आउन यस्ले सही ब्यक्तिको खोजी गरिराखेको हुन्छ । जब त्यो उर्जाले सही ब्यक्ति फेला पार्छ त त्यो कविता अत्यन्तै प्रभावकारी कविता हुन्छ । लेख्नकै लागि मात्रै लेखिने कविता प्रभावकारी हुन सक्तैन – आ-आफ्नै निस्चित ब्यक्ति बिशेषमा मात्रै सीमित हुन्छ । यो बिषयमा राजदूत बन्ने संभावनालाई त्यागेर कवी बनेका अहिलेका एकजना बेजोड युवा कवीलाई लिएर अर्को साहित्यिक यात्रामा) । जतिसुकै बेजोड र सशक्त सामग्रीले पनि सबैलाई आकर्षित गर्छ नै भन्ने पनि छैन र यस्का लागि ब्यक्ति बिशेषहरुबाट निस्कने तरंगहरुको प्रकृति मेल खाने प्रकृतिको हुनुपर्छ । यो फेरि अर्को नदेखिने गहिरो यथार्थता हो ।

सान्दर्भिक: कायरहरु साहित्यकार र बुद्धिजीवि यसकारणले हुन सक्तैनन कि कायरताले स्वतन्त्रता र न्यायको पक्षमा वकालत गर्न सक्ने हैसियतमा अंकुश लगाइदिन्छ ।

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का ग्लोबल सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक ।
Twitter: @Ramkshrestha